मिति २०८१ साल पौष २८ गतेका दिन संघद्वारा २५ औं स्थापना दिवस तथा रजत जयन्तीको अवसरपारी नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा प्रमुख आतिथि, संस्कृति, पर्यटन तथा नागरिक उड्
डयन मन्त्री माननीय बद्री प्रसाद पाण्डे ज्यूबाट संघ स्थापनादेखि हालसम्मका आरोह अवरोह समेटिएको रजत जयन्ती विशेष स्मारिका विमोचन गर्नुका साथसाथै संघको अनलाईन वेवसाईड
https://nepali.hpfn.org को समेत विधिवत उद्
घाटन भएको छ।यस संघका अध्यक्ष गणेश ढकाल ज्यूको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमका विशिष्ट अतिथिहरु बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्री माननीय हरि प्रभा खड्
गी ज्यू,होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेश कुमार चुके ज्यू, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी ज्यू, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल ज्यू, टोखा नगरपालिका वडा नं.९ का वडाअध्यक्ष रामभक्त घिमिरे ज्यू लगायत अतिथिहरुले रजत जयन्तीको अवसरमा संस्थालाई बधाई एवम् शुभकामना व्यक्त गर्नु थियो।यसैगरी विभिन्न सामाजिक संघसंस्थाका अध्यक्ष साथै प्रतिनिधिहरु,संचारकर्मी एवम् संघमा आवद्ध होटल व्यवसायी सदस्यहरुको उत्साहजनक उपस्थिति थियो
उक्त अवसरमा संस्थाले पूर्व अध्यक्षहरुलाई दोसल्ला र प्रमाण पत्रद्वारा तथा अतिथिहरु र पूर्व पदाधिकारी एवम् सल्लाहकारहरुलाई मायाको चिनो र खादाद्वारा सम्मान गरिएको थियो।